STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरको भिरिन्ची कलेजमा आइसिटी मेला

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष १२, बिहिबार

ललितपुर कुमारीपाटी स्थित भिरिञ्ची कलेजले आयोजना गरेको पुस १२ गतेदेखि १४ गतेसम्म तीन दिने आईसीटी मेला ४.० को ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले विहिबार एक समारोह बीच उदघाटन गर्नु भएको छ। बिहीबारदेखि सुरू भएको सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । 

भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको आईसीटी मेला इच्छुक सबैले निःशुल्क अवलोकन गर्न सकिने  छ । सो मेलामा भिरिञ्ची कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमा राखिने छ ।

कलेजले जानकारी दिए अनुसार कलेजको पाठ्यक्रममै ट्रेनिङ र मेन्टरसीपको विषय समावेश गरिएको छ । त्यसैका आधार पढ्दै सिक्दै गरेको ज्ञान विद्यार्थीले परियोजना उपयोग गर्छन् । प्रोजेक्टका लागि आवश्यक पर्ने सबै फन्डिङ कलेजले गर्छ । 

यस वर्षको आईसीटी मेलामा नयाँ अवधारणामा नयाँ प्रोजेक्टहरू प्रदर्शनीमा राखिने कुरा भिरिञ्ची कलेजका एकेडेमीक को-अर्डिनेटर रोशन केसीले बताउनु भयो । 

कलेजले यस वर्षएआई, रोबोटिक्स र आईओटीका परियोजनामा फोकस गरेको छ । मेलामा मानवीय रोबोट, रोबो सकर, ग्रीन हाउस, टार्गेट सुटिङ, सनेक सर्भिलेन्स रोबोट, सोलार ट्रयाकिङ, ट्राफिक लाइट र फेस रिकग्निसन सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शन हुने उहाँको भनाइ छ ।

यस बाहेक पुराना प्रोजेक्टहरूलाई समेत थप सुधार गर्दै प्रदर्शनीमा राखिने छ । करिब २५ प्रोजेक्ट प्रदर्शनीमा हुने कलेजले जनाएको छ । यस वर्ष प्रोजेक्ट प्रदर्शनीमा सहभागी हुन अन्य कलेजलाई आग्रह गरेपनि समय व्यवस्ताले सहभागी हुन नसकेको कुरा एकेडेमीक को-अर्डिनेटर के सि बताउनु हुन्छ। 

आईसीटी मेला हुनुभन्दा अगाडि गत हप्ता कलेजले प्रिइभेन्टको रूपमा मेन्टरसीपसहित २ दिने युआईयुएक्स  प्रतियोगिता समेत सञ्चालन गरेको थियो । यसमा अन्य कलेजका विद्यार्थी पनि सहभागी भएका थिए । आईसीटीमा करियर बनाउने इच्छुकलाई आईसीटी मेला उपयोगी हुने कुरामा कलेज विश्वश्त छ ।

Categorized in उपत्यका