
लघुचलचित्र "बेलुन”ले जिते ‘बेस्ट सर्ट फिल्म अफ द इयर’ अवार्ड
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २९, सोमबार

ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा हालै सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र "बेलुन”ले सर्वोत्कृष्ट अवार्ड जितेको छ । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्वन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ विधामा अवार्ड प्रदान गरेको कुरा आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ ।
यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।
अवार्ड कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आइतबार सम्पन्न भएको हो । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शबनम मुखियाले बताउनु भयो । पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह समेत गर्नु भयो ।
अवार्ड तथा सम्मान समारोहमा निर्णायकका तर्फबाट बोल्दै चलचित्र निर्देशक प्रणय लिम्बुले उत्कृष्ट र सर्वोत्कृष्ट लघुचलचित्र, वृत्तचित्र तथा भिडियोलाई छनोटमा सबैलाई न्याय गरेको बताउनु भयो । अवार्डमा दर्ता भएका एक सय २० वटा लघुचलचित्र तथा वृत्तचित्रलाई लामो समयसम्म निणार्यक समुहमा छलफल गरेर छनोट गरिएकाले साच्चै उत्कृष्ट हुनु पर्नेलाई उत्कृष्ट बनाएका छौँ उहाँले भन्नु भयो ।
सर्वोत्कृष्ट र उत्कृष्ट लघु चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । यस्तै आदिबासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहनु भएको थियो ।
प्रसिद्ध चलचित्र निर्देशक तथा गीतकार यादव खरेलको प्रमुख अातपथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र अतिथिहरुमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, निर्माता संघका अध्यक्ष नवल खडका, वरिष्ठ कलाकार लय संग्रौला लगायतको उपस्थिती रहेको थियो ।
सो अवार्ड समारोहमा अवार्ड विजेताहरू यस प्रकार रहेका छन्
Social Media Film Awards-2078 winner list
1.BEST short FILM
SONG OF CLOUD
2.Best Director
Ankit Poudel (SONG OF CLOUD)
3.BEST EDITOR
Dipendra Malla, Ashish Bhandari (PENCIL )
4.BEST SCREENPLAY
BALLON (John Yonjon)
5.BEST CINEMATOGRAPHER
Rajendra Pal (BHABBIHIN)
6.BEST SOUND DESIGN
Kishor Acharya (SONG OF CLOUD)
7.BEST ACTOR
Himal Khadka (PENCIL)
8.BEST ACTRESS
Kaviya Acharya (RATNAPARK)
9.BEST INDIGENOUS FILM
K (Sagar Kerung)
10.BEST DOCUMENTRY
LADI PUJA (Bindu Kumari Majhi)
11.BEST YOUTUBE VIDEO
Corona Herne Devi ( Ashok Basnet)
12.BEST VLOG
KHOTANG TEMKE VLOG (UMESH RAI)
13.BEST ANIMATED VIDEO
SYAL RA SINGHA KO KATHA (BISHAL LOHANI)
14.BEST PATRIOTIC MUSIC VIDEO
AXE BAND, MATO PANI (SHIVA MUKHIYA)
15.BEST SOCIAL VIDEO
Raharai bho (utsav kc)
16.ENCOURAGEMENT AWARD
Chhori (Surendra Thapa)
17.BEST FILM MAKER FEMALE
Ganga (Meron Raj Bhandari)
18.BEST MESSAGE
Kaluwa (Ambika Bhandari)
19.CREATIVE FILM OF THE YEAR BALOON
BALLON (JOHN YONJAN)
20.JURY AWARD
NAFULEKO FUL
21.JURY AWARD (INDIGENOUS FILM)
Mohini Nakha
22.Best Film Children Theme
Pencil
Categorized in सिनेमा