STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

लक्की फिल्मी अवार्ड टिसर्ट सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन ३०, बुधबार

चितवन- मोफसल कै चर्चित लक्की मिडिया हाउसको आयोजनामा गत वर्ष लक्की फिल्मी अवार्ड को पहिलो संस्करण सम्पन्न भएको थियो भने यो साल पनि सो संस्थाले लक्की फिल्मी अवार्ड -को दोस्रो संस्करण  आयोजना गर्ने भएको छ ।  यसैक्रममा दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । यसैक्रममा लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले उपस्थित रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा टिशर्ट सार्वजनिक गर्नु भएको हो । 

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियान नै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' ले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्नेछ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डको बारे जानकारी गराउने अभियान छिटै चल्ने बताउनु भयो।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष काफ्लेले नेपाली कला, संस्कृतिको संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो। मिडिया हाउसले मोफसलमा रहेर पनि राष्ट्रिय स्तरीयको अवार्ड कार्यक्रम गरेको भन्दै उहाँले प्रशंसा गर्नु भयो ।

विशिष्ट अतिथि अभिनेत्री हमालले मोफसलमा पनि यति ठुलो अवार्ड हुनु आम कलाकारहरुको लागि गर्वको बिषय भएको बताउनु भयो ।यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनु पर्नेमा उहाँले जोड दिनु भयो।

टिसर्ट सार्वजनिक कार्यक्रममा बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चितवन खबर पत्रिकाका प्रबन्धक निर्देशक कृष्ण कार्की, निर्देशक राजेश शर्मा आचार्य, समाजसेवी नारायण प्रसाद अधिकारी, युवा उधमी अन्तोष बमजन, सन्तबहादुर गुरुङ र केशव बहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।

Categorized in साहित्य-कला