लकडाउन लम्बिने संकेत
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाउँदै आएको लकडाउनलाई निरन्तरता दिने भएको छ । यस विषयमा मन्त्रिपरिषद्को बैठकले थप छलफल गरी निर्णय गर्नेछ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा लकडाउन सकारात्मक रहेको र सरकारले लिएको बाटो सही भएको निष्कर्ष निकालेको छ ।
सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
Categorized in राष्ट्रिय