STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लकडाउन दिनचर्या : कलाकार लक्ष्मीकुमार महर्जन ‘उदास’

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ११, बिहिबार

विजयरत्न असंबरे

नेवार फिल्म क्षेत्रमा ‘सेरिब बन्जा’ एउटा राम्रो फिल्मको कोटीमा पर्दछ भने ‘मिउजियम’ लघुफिल्मले केही समयअघि सम्पन्न नेपालभाषा टाइम्स लघुकथा प्रतियोगितामा दोस्रो पुरस्कार जितेको थियो । यी दुवै फिल्ममा मुख्य पात्र भई अभिनय गर्ने कलाकार हुन् लक्ष्मीकुमार महर्जन ‘उदास’ । विसं २०४८ सालदेखि कलाकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय कलाकार उदासले सर्वप्रथम राजु स्यस्यःको निर्देशनमा ‘व हे मुलु व हे सुका’ नामक एकांकी नाटक खेलेका थिए भने त्यसपछि अनेकौं नाटक, फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र शर्टफिल्महरु खेलिसकेका छन् । लक्ष्मीकुमार महर्जनले टेलिभिजनको क्षेत्रमा पनि लोकप्रिय ‘ख्वताबजि’ खेलेर फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् भने ‘बाखंचा’ सिरियलको केही कथामा प्रमुख अभिनय गरेका छन् भने ‘उलिंचिया बाखं थुलिंचा’ र ‘लाखे नइम्ह झाखे’लगायत अनेकौं फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । लक्ष्मीकुमार महर्जन ‘उदास’ लेखक, निर्देशकसँगै कलाकार भई अभिनय पनि गरिरहेका कलाकार हुन् भने उनी कीर्तिपुरको ब्याँचुलि सांस्कृतिक पुचःका अध्यक्ष भएर सांस्कृतिक क्षेत्रको विकासमा लागिरहेका सांस्कृतिककर्मी पनि हुन् । न्हूगु पलाः, न्ह्यलं चायेकी, हनाबना लगायत थुप्रै नाटक लेखिसकेका उदासको ‘न्हूगु पलाः’ले उत्कृष्ट नाटक र उत्कृष्ट निर्देशकको पुरस्कार जितिसकेका छन् भने ‘न्ह्यलं चायेकी’ले प्रथम पुरस्कार जितिसकेका छन् । कलाकारिता र सांस्कृतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका लक्ष्मीकुमार महर्जन उदास आजभोलि सामाजिक अभियन्ताको रुपमा आफ्नो अघि बढिरहेका छन् । यस लकडाउनको समय पनि टोल–टोलमा कीटनाशक औषधि छर्ने तथा राहत वितरणमा व्यस्त रहेका छन् । कलाकार उदास भन्नुहुन्छ, “यो लकडाउनको समय थपिँदै जानु राम्रो नै हो । किनभने संसारभर कोरोना संक्रमितको संख्या बढिहेको छ । नेपालमा पनि यो संख्या बढ्दै छ । यस रोगको संक्रमणबाट सुरक्षित हुने राम्रो उपाय नै लकडाउन हो ।” कलाकार महर्जनले थप्नुभयो, “यस लकडाउनले हामीलाई एउटा पाठ सिकाइदिएको छ कि हामीले कुनै विपद आउनुअघि नै पूर्वतयारी गर्न जान्नुपर्छ । पूर्वतयारी राम्रोसँग गर्नसकने हामीलाई जस्तै विपत्ति आएपनि त्योसँग लड्न सक्छौं । रोगले धनी वा गरिब, बलियो वा दुर्बल, धर्मी वा अधर्मी कसैलाई पनि छोड्दैन ।” कलाकार महर्जनलाई आफ्ना पिता गुनसिं महर्जन दिवंगत हुनुभएको शोक पनि परेको र यसले लकडाउनको राहत वितरणमा जान नसनेको बताउनुभयो । सामाजिका कार्यमा बाहिर जाँदा र अन्य मानिस भेट्दा शारीरिक दुरी कायम गरिरहेको उहाँले बताउनुभयो । कुनै वस्तु छोइसकेपछि साबुनपानीले हात धुनु र मास्कको प्रयोग गर्नु र सेनिाइटरको प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
Categorized in सिनेमा