relans
ni new 83
nib 2082 5

लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई निरन्तरता दिने–नदिने सम्बन्धमा निर्णय गर्न अहिले ११ बजेबाट कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिंदैछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने निक्र्योल गर्न बैठक बस्न लागेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको सो समितिलाई लकडाउनबारे छलफल गर्न जिम्मा दिएको थियो । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय
ppp 2