relans
ni new 83
nib 2082 5

रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २०, सोमबार

रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका डा। जोशीलाई क्लवका र्पेसिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए । पेर्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ पर्यटनविद प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै उहाँको ग्यान हामीले अंगिकार गर्न आवश्यक छ ।’ शताब्दि पुरुष जोशीले पानसमा दीप प्रज्वलन उद्घाटन गरेको सव समारोहमा नेवार संस्कृति अनुसार पुजाआजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति भएका सबै पाहुनालाई पनि सगुन रहित स्वागत गरिएको थियो भने अभिनन्दित जोशीलाइ नात्येश्वर मूतिको मायाको चिनो प्रदान गरिएको थियो कार्यक्रमका संयोजक सुरबहादुर श्रेष्ठले सत्यमोहन जोशी हाम्रो जिवित धरोहर भन्ने विचार पोखेका थिए ।
Categorized in राष्ट्रिय
ppp 2