STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रु ६० करोड लगानीमा कविलास रिसोर्ट

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा क्षेत्रफलमा फैलिएको छ । कविलास रिसोर्ट प्रालिका अध्यक्ष इञ्जिनीयर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व बोकेको यस जिल्लामा फरक पन दिने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । हाल रिसोर्टमा ७५ वटा कोठा रहेका छन् । रिसोर्टको क्षमता विस्तार गर्दै १०० वटा कोठा पु¥याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिनुभयो । हाल सञ्चालनमा आइसकेको भए पनि पूर्णरुपमा काम सम्पन्न गर्न रु एक अर्ब लगानी लाग्ने उहाँको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट १ दशमलव ८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट बससमेत सञ्चालन गरिँदै आएको छ । रिसोर्टमा सात वटा भिल्ला छन् । तिनमा छ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरी १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिनुभयो । तीन वटा बैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई वटा बैठक हलमा २००÷२०० जना अट्ने क्षमताका रहेका छन् ।
Categorized in बिजनेस