STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रिलिजको संघारमा शेरबहादुरकी नायिका घाइते

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १२, शुक्रबार

बलिउडमा समेत ख्याति कमाएका अभिनेता सुनिल थापाको प्रमुख एवं शीर्षक भूमिका रहेको नयाँ नेपाली चलचित्र ‘शेरबहादुर’ अहिले रिलिजको संघारमा पुगेको छ ।

आगामी शुक्रबार माघ १९ गतेदेखि देशभरीका हलहरुमा प्रदर्शन हुन लागेको यस चलचित्रकी नायिका मेनुका प्रधान मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी छिन् ।

केही दिन अगाडि ‘शेरबहादुर’ कै प्रेसमिट सकिएपछि आफ्नै स्कुटरमा घर फर्कदै गर्दा नायिका प्रधानको स्कुटरलाई विपरित दिशाबाट आएको मोटरबाईकले ठक्कर दिएको हो ।

मोटरसाइकलसंग ठोक्किएर आफ्नै स्कुटरबाट थिचिन पुगेकी नायिका मेनुका प्रधानको दायाँ खुट्टा भाँचिएको छ भने हाल उनी घरमै आराम गरीरहनुभएकी छिन् ।

एकातिर ‘शेरबहादुर’मा नायिका भई खेलेकी मेनुका प्रधान बेड रेस्टमा परेकी छिन् भने अर्कोतिर प्रदर्शनको संघारमा पुगेकोले यो चलचित्रले प्रचार तिब्र पारेको छ ।

सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झाको प्रमुख भूमिका रहेको ‘शेरबहादुर’को निर्माण अग्रज छायाँकार गौरीशंकर धुँजु र धिराज श्रेष्ठले गर्नुभएको छ भने यसको निर्देशन आर राजवंशीले गरेका छन् ।

Categorized in सिनेमा