STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १२, शुक्रबार

काठमाडौँ - विगत नौ दिनदेखि काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । असोज ३ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षक आन्दोलन भए पनि दुई दिनपछि नै महासंघले सरकारसँग सहमति गर्दा राहत शिक्षकका माग सम्बोधन भएका थिएनन् । उनीहरुका मागप्रति सरकारले बल्ल नौ दिनपछि शुक्रबार सहमति गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच सहमति भएको छ । यससँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी सहित उपस्थित वार्तामा ५ बुँदे सहमति भएको छ । वार्तामा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।

राहत शिक्षकहरुको व्यवस्थापनका लागि शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नेगरी सहमति भएको जनाइएको छ । साथै राहत शिक्षकलाई स्थायी गरिएमा उनीहरुले हालसम्म अस्थायी रुपमा गरिआएको सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको बताइएकाे छ ।

Categorized in शिक्षा