STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रास्वपा मागे उपप्रधान र गृह

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २२, मंगलबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” ती नेताले भने‚ “सबै हामीले भनेको त नहोला, तर अडान त राख्नुपर्‍यो नि !”

रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ । नेकपा (एमाले)को पनि यही अडान छ ।

Categorized in राजनीति