STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रास्वपाको केन्द्रीय समितिको बैठक जलेश्वरमा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक राजधानी बाहिर महोत्तरीमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक गर्दैछ ।

आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरूमाथि छलफल गर्ने छ । राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

१३ गतेसम्म चल्ने बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ ।  बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने ढकालले बताए ।

Categorized in राजनीति