relans
ni new 83
nib 2082 5

राष्ट्रिय सभाको दोस्रो बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २०, आइतबार

राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो। सो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए।

बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए।

Categorized in राजनीति
ppp 2