STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।

उनले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाइको प्रवन्ध गर्ने पनि बताइन् ।

उनले भनिन्, ‘जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने छ । जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिनेछ । अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा, प्रविधि र सीपमा पहुँच वृद्धि गरिनेछ । महिला बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका हित संरक्षण र समस्या सम्बोधन गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्लास्तरमा समन्वय इकाइको प्रवन्ध मिलाइने छ ।’

त्यस्तै उनले अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा, प्रविधि र सीपमा पहुँच बृद्धि गरिने पनि उल्लेख गरिन् ।

Categorized in राजनीति