STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय क्रिकेट टिममा फर्किए सन्दीप लामिछाने

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १९, बिहिबार

काठमाडौं - जबर्जस्ती करणी अभियोगमा २० लाख धरौटी बुझाएर उच्च अदालतको आदेशमा जेलमुक्त भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा फर्किएका छन् ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै सन्दीपलाई बिहीबार खेल अभ्यासका लागि टिममा बोलाइएको हो ।

उच्च अदालतको सर्तसहित जेलबाट रिहाइ भएका सन्दीपको टिममा आवश्यक्ता देखेर राष्ट्रिय टिममा फर्काइएको क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । उनका अनुसार नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि सन्दीपको आवश्यक्ता देखेर टिममा समावेश गरिएको हो ।

टिममा फर्किएका सन्दीपले आज नै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी पनि गरेका छन् । कुराकानीपश्चात् सन्दीप केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास पनि गरेका छन् ।

नाबालिग जबर्जस्तीकरणी अभियोगमा असोज २० गते सन्दीप पक्राउ परेका थिए । उच्च अदालतको आदेशपछि सर्तसहित मंसिर २९ गते सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए ।

Categorized in खेलकुद