STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २, बिहिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन ।

नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो ।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन । ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए । त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे ।

वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने । सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो । त्यसपछि उनी भारत फर्किए । भारतमा उनले केरलाको टिमलाई प्रशिक्षक थिए ।

पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने ।

Categorized in खेलकुद