STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा निर्वाचन : को को भए निर्वाचित ?

Janjati Khabar – Janjati Khabar | २०८० माघ १२, शुक्रबार

 

काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी भएका छन्। एक जना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।

कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए भने एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालाले ५ हजार ८६  मत ल्याउँदा प्रतिस्पर्धी चम्पादेवीले ४ हजार ९९२ मत ल्याइन्। कांग्रेसका केही मतदाताले फ्लोर क्रस गरेपछि एमाले उम्मेदवार कोइराला विजयी भएकी थिइन्। 

त्यस्तै सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याए। उनीहरूबीच ७३० को मतान्तर रह्यो।

त्यस्तै मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए। कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्। ढुंगानाले ७ हजार ३७० मतभार ल्याए भने पूजाले ७ हजार ९२३ मतभार ल्याए। उनीहरूका प्रतिद्वन्द्वी एमालेका विजेता झाले २ हजार ४८४ मतभार पाइन् भने उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन्।

त्यस्तै बागमती प्रदेशमा गठबन्धनका चारजनै उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन्। बस्नेतले ६५३१ मतभार, पुडासैनीले ६६२२ मतभार ल्याए भने अधिकारीले ६३८३ र रिजालले ६५१२ मतभार ल्याए।

त्यस्तै गण्डकीमा गठबन्धनका तीन जना उम्मेदवार विजयी भए। कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका हुन्। श्रेष्ठले ३८०८, मनरुपाले ३६६० र परियारले ३७७९ मतभार ल्याए।

त्यस्तै लुम्बिनी प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी भए। कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्। सापकोटाले ५४३५ मतभार प्राप्त गरिन्।

त्यस्तै कर्णालीमा प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भए। एकीकृत समाजवादीकी सावित्री मल्ल, कांग्रेसका कृष्णबहादुर रोकाया र  माओवादीका विष्णु विक निर्वाचित भएका हुन्। मल्लले ३ हजार ७२२, रोकायाले ३ हजार ८७० र विकले ३ हजार ८१७ मतभार ल्याए। 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभार, बलदेव बोहरा ४ हजार ३२८ मतभार र माओवादीकी रेणु चन्द ४ हजार ४५३ मतभारसहित विजयी भए। 

Categorized in राजनीति