STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिए

Janjati Khabar – Janjati Khabar | २०८० पौष १९, बिहिबार

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् । 

निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो । 

पुस १८ गतेको न्याय परिषद्ले उनीहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । त्यसपछि आयोगले जिल्ला न्यायाधीशहरूलाई अधिकृत तोकेको हो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार वाग्मती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाएपछि त्यहाँ पनि अधिकृत फेरिएको छ । 

आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ । त्यस्तै, वाग्मतीमा जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ । कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको पौडेलले जानकारी दिए ।

Categorized in राजनीति