STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, भोलि उम्मेदवारी दर्ता

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २७, आइतबार

काठमाडौं - राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी गराएकी छिन् ।

आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् ।

उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिइन् ।भोलि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो ।

Categorized in राजनीति