STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति विद्या भण्डारीबाट नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ ६, शुक्रबार

डब्बु क्षत्री र कुवेर गिरीलाई पत्रकारिता पुरस्कार

संगीत महर्षी नातिकाजी श्रेष्ठको नाममा स्थापित   नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ इक समारोहका बीच शुक्रबार प्रदान गरिएको छ । नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा घोषणा गरिएको  सो सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बाट प्रदान गरिएको हो ।

यो सम्मान तथा पुरस्कार नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई हरेक वर्ष प्रदान गरिने भएको छ ।

राष्ट्रपति भवनमा आयोजित सो समारोहमा सम्माननीय राष्ट्रपति विद्या भण्डारीले नातिकाजी नेपालको सांगितिक आकाशका नक्षत्र हुन् भन्दै सम्मानित तथा पुरस्कृत सबै बधाई दिनु भएको थियो । समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले पुरस्कार तथा सम्मान घोषणा समारोहमा सबैलाई धन्यवाद व्यक्त गर्दै यो पुरस्कार तथा सम्मानलाई नातिकाजीको प्रसादको रुपमा रहेको चर्चा गरे । नेपाली संगीतको अघिल्लो पुस्ता र वर्तमान स्रष्टालाई जोड्ने कडीको रुपमा सम्मान र पुरस्कार प्रदान गरिदै आएको पनि उनले बताए । नेपाली संगीतको विकाशमा नातिकाजीको अतुलनीय योगदान रहेको र उनले स्थापना गरेको नेपाली सुगम सँगीतको राजमार्गमै आजसम्म हाम्रो सँगीतको यात्रा जारी रहेको पनि बासकोटाले बताए ।

वरिष्ट सन्चारकर्मि दिनेश डिसिले समारोहको सन्चालनका साथै स्वागत मन्तव्य राखेका थिए । सो समारोहमा ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ मन बहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणिन्द्र राई, बिके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ , अमर बान्तु र दिपा नारायण झालाई प्रदान गरिएको छ ।

त्यस्तै, सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी नातिकाजी पत्रकारिता पुरस्कार २०७८ गीतकार समेत रहेका पत्रकार डब्बु क्षत्री र अर्का पत्रकार कुबेर गिरीलाई प्रदान  गरियो । जनही ११ हजार रुपैयाँ राशी रहेको यी सबै पुरस्कार तथा सम्मान सम्माननीय राष्ट्रपतिबाट प्रदान गरियो ।

समारोहमा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८ एकनारायण भण्डारी, काली प्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई प्रदान गरिने भएको छ । त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाद्य पुरस्कार रविन कार्की ढलीलाई र नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार देवी घर्तीलाई प्रदान गरियो । यस्तै, नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष गौतमलाई प्रदान गरियो भने सोही समारोहमा राष्ट्रिय संगीत योगदान सम्मान काठमाडौं महानगरपालिका , म्युजिक नेपाल,मनोज शाही , सुवास राज काफ्ले र दिनेश डिसिलाई प्रदान गरियो ।

Categorized in साहित्य-कला