STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति बंगलादेशको औपचारिक भ्रमणमा जाँदै

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २, सोमबार

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार अर्थात चैत्र ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए ।

काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।

बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

Categorized in राजनीति