STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिलाई जापानको बधाई

Janjati Khabar – जनजाति खबर | २०७४ चैत्र ६, मंगलबार

विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गर्नुभएको छ । भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताउनुभएको छ ।
Categorized in राष्ट्रिय