relans
ni new 83
nib 2082 5

राष्ट्रपतिबाट प्रेस काउन्सिल पुरस्कार प्रदान

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ६, बिहिबार

विधागत पत्रकारिता पुरस्कार विजयरत्नलाई 

प्रेस काउन्सिल नेपालले आफ्नो ५३ अौं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा लामो योगदान रहेका व्यक्तित्वहरु लाई विभिन्न पुरस्कारका साथै सम्मान प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट विहिबार राष्ट्रपति निवासमा आयोजित समारोहमा पुरस्कार प्रदान गर्नु भएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष  बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न सो वार्षिकोत्सव समारोहमा सुचना संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीं विशिष्ट अतिथी का रुपमा उपस्थित रहनु भएको थियो ।

सोही समारोहमा विधागत पत्रकारिता पुरस्कार यस जनजातिखबरका संरक्षक, नेवाअनलाइनन्युजका पनि संरक्षक, झीगु सःडटकम लगाएत विभिन्न संचार माध्यममा आबद्ध विजयरत्न तुलाधरलाई प्रदान गरिएको हो । पत्रकार तुलाधर करिब चार दशक अगाडि देखि चलचित्रका साथै संगीत कला मनोरन्जन विधामा कलम चलाउँदै आउनु भएका पत्रकार हुनु हुन्छ ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको छ ।  प्रेस काउन्सिलको ५३ अौं वार्षिकोत्सव को अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनु भएका व्यक्ति र संस्थामध्ये थापालाई सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारको राशी १,५१००० रुपिंया रहेको छ । यस्तैगरी प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १,१०,००० रहेको छ ।

यस वर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र वीरगंजको  आवाज एफएमलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ । भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी,  क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी,  एकराज पाठक, मनोज जोशी, सुरेश धामी, विमल योगी (विनोद), श्यामनाथ कुँवर, भुपराज खड्का, पुस्कर बुढाथोकी, कृष्ण केसी र नकुल अर्याललाई प्रदान गरिएको छ ।

 सोही समारोहमा युवा पत्रकारिता पुरस्कार प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे,  केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी व हिमा चेम्जोङलाई प्रदान गरिएको छ ।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी र शारदा गैरेलाई  र समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर (कमल) राना र सिराज खानलाई प्रदान गरिएको छ ।

 यस्तैगरी प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार तर्फ  विजयरत्न तुलाधर , आनन्द श्रेष्ठ, जीवन पराजुलीलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालले यस वर्षको वर्ष कर्मचारी पुरस्कार वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिएको छ । र  कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई   र बीस वर्ष सेवा अवधि पुरा गर्नु भएका हलुका सवारी चालक देवीबहादुर रानालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ। ।

Categorized in राष्ट्रिय
ppp 2