STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले २७ वैशाख सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २७ गते दिउँसो १ बजेका लागि राष्ट्रपति भण्डारीज्यूले अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन २७ वैशाखमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  प्रतिनिधिसभाको हिउँदे अधिवेशन ६ वैशाखमा अन्त्य गरिएको थियो ।

Categorized in राजनीति