STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिको विज्ञप्ति सच्चिए, शपथ लिन देउवा शीतलनिवासमा

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका थिए ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए। राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाको आपत्ति थियो । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

Categorized in राजनीति