STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रामबहादुर थापाले ओली खेमामा

Janjati Khabar – बीबीसी | २०७७ पौष ९, बिहिबार

गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ।

उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बीबीसी नेपालीलाई बताए।

प्रचण्ड पक्षमा लागेका उनले भने, अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।

सहकर्मी कता ?

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको बीबीसी नेपालीलाई बताए।

थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन। तर सचिवालयका एकजना सदस्यले नाम नखुलाउने शर्तमा परिस्थिति त्यस्तै बनेको र केहीबेरमा अन्तिम निर्णय लिइने बीबीसीलाई जानकारी दिए।

उनी निकट केसीले भने आफू आज प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने बताए। केसीले भने, पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आआफ्नै विरासत छन्, त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु। म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु।

थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्। तर अर्का नेता उपाध्यक्ष वामदेव गौतम कतै लागेका छैनन्। उनीनिकट धेरै नेता भने ओली पक्षमा लागेको बताइएको छ।

Categorized in राजनीति