STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रानीमहल सरसफाइ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए । सेनाको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्राङ्गण, महलको पानीपोखरी, महलको भित्री एवं बाहिरी क्षेत्रमा सरसफाइ गरी फोहोर व्यवस्थापनसमेत गरेको गोरखदल गणका गणपति सुरज थापाले जानकारी दिनुभयो । प्रेम जोडीको आकर्षक गन्तव्य रानीमहल विसं १९५४ मा खड्गशम्शेरले रानी तेजकुमारी राणाको सम्झनामा बनाएका हुन् । रानीमहल सदरमुकाम तानसेनबाट १३ किलोमिटरको दूरीमा रहेको छ ।
Categorized in राष्ट्रिय