राता मकै किरण के सि ले घरघरमा सम्मान बाँड्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ११, बिहिबार
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संग अभिनय यात्रा अगाडि बढाइ ख्याति कमाएका अभिनेता किरण के सि अचेल राता मकैकाे उपनामबाट लाेकप्रिय छन् । उनै राता मकै किरण के सिले विगत दुई दशक अगाडि देखि आफ्नो जन्म दिन असार १५ गते कलाकार र पत्रकारलाई नगद राशि सहित सम्मान गर्दै आएका थिए । नेपालको मनाेरन्जनवृत्तमा याे समारोहकाे ठूलो महत्त्व रहँदै आएकाे थियो ।
साे सम्मान अर्पण गर्न इमाडाेल स्थित आफ्नो निवासमा भव्य कार्यक्रम आयाेजना गर्दै आइरहेका थिए । तर यसपालि भने आफ्नाे जन्मदिनको अवसरमा त्यस्तो कुनै कार्यक्रम वा समारोह नगर्ने भएका छन् । नगर्नाकाे कुनै कारण नखुलाइएपनि विशेष कारणवश भनी सामाजिक सन्जालहरुमा पाेष्ट गर्नु भएकाे छ । उहाँले सामाजिक सन्जालबाट जानकारी दिनु भए अनुसार यसपालि कुनै समारोह नगरेपनि सदा झैं सम्मान अर्पण भने गर्ने भएकाे छ । यसपालाकाे सम्मान भने सम्मानित हुनेहरुकाे घरघरमा गएर अर्पण गर्ने कुरा अभिनेता के सि ले जानकारी दिएका छन् । यसपटक सम्मानित हुनेहरुमा विशिष्ट संगीतविद रत्न बेहाशी बज्राचार्य , हास्य व्यङ्ग्य कलाकार उज्ज्वल मैनाली र पत्रकार तुलसी गिरी भावुक रहेका छन् ।
Categorized in सिनेमा

