STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजा नरेन्द्रदेव लगायतको गलत मूर्ति बनाइएपछि रिट : भूगोलपार्कमा मूर्ति नराख्न अन्तरिम आदेश

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

काठमाडौं – लिच्छविकालीन राजा नरेन्द्रदेवलगायत नेपालमा बुंगम लोकेश्वर (रातो मछिन्द्रनाथ) भित्र्याउने ऐतिहासिक व्यक्तित्वहरुको मूर्ति भुगोलपार्कमा नराख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

ऐतिहासिक व्यक्तित्वहरुको गलत मूर्ति बनाइएको, सामान्य प्रतिमा लक्षणसमेत उल्लंघन गरी ऐतिहासिकता नष्ट हुने देखिएपछि सर्वोच्चमा रिट परेको थियो ।

गत पुस २० गते अधिवक्ता पद्मबहादुर श्रेष्ठ, कर्माचार्य समाजलगायतले राखेको सो रिटमा शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

ललितपुर तःबहालमा पनि यी तीनजना ऐतिहासिक व्यक्तित्वहरुको प्राचीन मूर्ति रहेको छ । नयाँ बनाइएको मूर्ति सो प्राचीन मूर्तिभन्दा बिल्कुल फरक भएको र यसले ऐतिहासिक तथ्य तोडमोड हुने आरोप रिटमा लगाइएको थियो ।

आदेशमा निवेदकको मागअनुरुप आदेश दिनु नपर्ने कारण भए १५ दिनभित्र लिखित उत्तर दिन विपक्षी काठमाडौं महानगरपालिका, काठमाडौं २२ वडा र भूगोलपार्क सुधार समितिको नाममा आदेश जारी भएको छ ।

रातो मछिन्द्रनाथलाई नेपाल ल्याउन मुख्य भूमिका खेल्ने लिच्छवि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका स्थानीय ललित ज्यापुलाई राष्ट्र रत्नको रुपमा लिइएको छ ।

यसअघि भूगोलपार्क क्षेत्रमा ती तीनजना व्यक्तित्वको मूर्ति राख्न २०७५ माघ २ गते भूगोलपार्क सुधार समितिले निर्णय गरेको थियो ।

 

Categorized in उपत्यका