STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजश्व छुट लिनेको सङ्ख्यामा वृद्धि 

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढ्दो छ । उनीहरुलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । योसँगै जिल्लामा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा झण्डै ४० प्रतिशतले वृद्धि भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । 
महिलाको नाममा घर जग्गा दर्ता गराउनेको संख्या सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढी रहेको मालपोत अधिकृत पौडेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय