STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राइसकुकरमा सुन ल्याउने पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २५, बुधबार

काठमाडौँ - राइसकुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन् ।

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

’उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो । पटक–पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्यौं,’ उनले भने,’कुकरको भित्र सुन राखिएको रहेछ ।’

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो ।

Categorized in अपराध-दुर्घटना