STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १२, बुधबार

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्वी र  विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता भएको छ ।

बुधबार राष्ट्रियसभागृहमा आयोजित एकता  कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । एकीकरण भएसँगै मिश्र राप्रपाकाे वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियतामा रहने गरी मिश्र राप्रपा प्रवेश गरेका हुन् ।राप्रपमा आठ जनासम्म उपाध्यक्ष रहने प्रावधान छ । पार्टीमा हालसम्म छ जना उपाध्यक्ष रहेका छन् । पार्टी प्रवेश गर्नुअघि हिजो मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

मिश्रसँगै आएका अरु नेताहरुको एक हप्ताभित्रमा समायाेजन टुंग्याइने बताइएकाे छ ।एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।एकता घोषणाका क्रममा शंख र घण्ट बजाएका थिए ।

Categorized in राजनीति