STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रमा कर्णजितलाई धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

आफ्नो मातृभाषा नेपालभाषामा लामो समय निरन्तर पत्रकारिता गरे बापट काभ्रे बनेपा कि ७५ वर्षीय पत्रकार रमा कर्णजित ताम्राकार लाई  धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपा प्रदान गरिएको छ ।   

नेपालभाषा पत्रिका “बुद्धधर्म व नेपालभाषा” प्रकाशन गरेर आफ्नो मातृभाषा नेपालभाषामा  पत्रकारिता शुभारम्भ गरेका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२० औं जन्मजयन्ती र ९७ वर्ष अगाडि प्रकाशित  “बुद्धधर्म व नेपालभाषा”  पत्रिका प्रकाशनलाई स्मरण गरेर मनाउन थालिएको मातृभाषा पत्रकारिता दिवस  को ७औं वार्षिक दिवस आइतबार सम्पन्न भएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरद्वारा आयोजना गरेको मातृभाषा पत्रकारिता दिवस र धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपा प्रदान कार्यक्रममा प्रमूख अतिथी  नेवाः देय् दबूया नायः पवित्र बज्राचार्यले पुरस्कृत पत्रकार कर्णजित लाई पुरस्कार प्रदान गरे । आयोजक संस्था का अध्यक्ष सागर महर्जनया सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सचिव बिकास मालिले स्वागत मन्तव्य राखेका थिए ।

मातृभाषा पत्रकारिता दिवसको अवसरमा भएको सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबूकम केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्य , अग्रज सिने पत्रकार विजयरत्न असंबरे, गुथि संस्थानका प्रमूख प्रशासक किरन शाक्य ,  धर्मादित्य धर्माचार्यको परिवारको तर्फबाट जयकर वैद्य र प्रमूख अतिथी पबित्र बज्राचार्यले धर्मादित्य धर्माचार्यको कर्म, ब्यक्तित्व र योगदानया बारे  चर्चा गरेका थिए ।

नेपालभाषा, संस्कृति, सम्पदा, अधिकारका कुरा पत्रकारिताको माध्यमबाट उठाइरहेको नेवाः पत्रकारहरुको संगठन नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबूको आयोजनामा सम्पन्न  मातृभाषा पत्रकारिता दिवसले यो क्षेत्रमा कार्यरत पत्रकारहरुलाई हौसल्वानित भएको महसुस गरिएको छ ।

Categorized in साहित्य-कला