STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रञ्जना लिपिमा टोखाका स्थाननाम

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

काठमाडौं – टोखा नगरपालिकाका विभिन्न स्थानका नामहरु रञ्जना लिपिमा राखिएका छन् । टोखाभित्रका स्थानीय टोलका नामहरु जनाउने साइनबोर्डमा रञ्जना लिपिको पनि प्रयोग गरिएको छ । टोखा नगरपालिका सरस्वती ३ वडाका वडाध्यक्ष सिङ्गराज श्रेष्ठको उपस्थितिमा स्थुली टोल विकास संस्थाको आयोजनामा रञ्जना लिपिमा साइनबोर्डहरु राखिएका हुन् । स्थाननाम जनाउने ती साइनबोर्डमा रञ्जना लिपिको अलावा देवनागरी लिपि पनि प्रयोगमा ल्याइएको छ । टोखा नगरपालिका ३ वडाका स्थानीय टोलहरु खासिंद्वः, खुँ पाचा, विसिंगाय् टोलमा ती साइनबोर्डहरु राखिएका छन् । नेपालको मौलिक लिपि रञ्जना लिपि विश्वकै उत्कृष्ट राम्रा लिपिहरुमध्ये पर्दछन् । नेपाललाई संयुक्त राष्ट्र संघमा दर्ता गराउन रञ्जना लिपि नै नेपालको लिपिको रुपमा दर्ता गरिएको छ ।

तस्बिर साैजन्य समीर साही फेसबुक

Categorized in उपत्यका