STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

योगाम्वर ज्ञानेश्वरी देवी म्हय्पी जात्रा

Janjati Khabar | २०७९ बैशाख ३, शनिबार


यस योगाम्वर ज्ञानेश्वरी देवीको जात्रा प्रत्यक वर्ष तिथि अनुसार चैत्र शुक्ल पक्षको पूर्णिमाको दिन मनाउने गर्दछ । यस जात्रामा म्हयपी देवताघरबाट म्हयपी मन्दिर सम्म आउने र फर्किने गरी जात्राको रुप लिन्छ । पहिलो लसकुश गर्न टोलीहरु बजागाजा साथ गई गुठियार पुरोहित सबैले चोखो निति अपनाई धार्मिक विधि मन्त्र अनुसार व्रत बसी पुजा, बली चढाई होम आदि गरिन्छ । मूल पुरोहित गुरुजुले पूजा गर्दा चर्या गाउने सम्म सबै तान्त्रिक विधिबाट सम्पन्न हुन्छ । यसबाट थाहा हुन आउछ, हाम्रा पूर्खाले सांस्कृतिक विधि संस्कार, पहिचान र मौलिकता सबै तन्त्र विधिबाटै गरिदै आएको देखिन्छ । यसकारण श्री योगाश्वर ज्ञानेश्वरी ९म्हयपी मन्दिरमा० शक्तिपीठलाई शाक्त, शैव, वौद्ध र हिन्दुहरुको आस्थाको केन्द्र विन्दुको रुपमा समान सद्भावना, सहयोग, श्रमदान गरी पुजा गुठी अलग अगल भए पनि म्हयपी अजिमालाई संयुक्त साझा सम्झी निर्विवाद आजसम्म पुजा गरिदै आएको छ ।
बालाजु पूर्णिमा ९ल्हूति पुन्हि० का दिन म्हय्पी अजिमाको जात्रा बालाजु पूर्णिमा भन्दा अघिल्लो दिन देखि प्रारम्भ भै यस जात्रा तीन दिन सम्म प्राचिन काठमाडौं शहरको प्राय सम्पूर्ण भागमा खट्जात्रा गरी मनाईन्छ । सो खट् जात्राको क्रममा खासखास ठाउामा पूजा गरिन्छ । तालाछि ९त्यौडबाट ज्याठा जाने०टोलमा यस म्हय्पी अजिमाको मूल घर भै, यही टोलका महर्जन समुदाय र ज्याठा टोलका प्रजापति समुदायहरुको संयुक्त टोलीले खट् बोकी जात्रा मनाईन्छ । अहिले पातलिंदै गइरहेको देख्न सकिन्छ, त्यस्तै म्हय्पी मन्दिरको नाममा राखिएको गुथी जग्गा मासिएकोले आर्थिक अभाव हुन गई जनसहभागिता ९गुथियार लगायत पूजारीहरु र अन्यको० कमीले यो जात्रा पहिले झैं उल्लासमय रुपमा मनाईन छोडेको छ । यसै कमीकमजोरीलाई ध्यानमा राखि श्री म्हय्पि अजिमा
समे द्वा ब्वज्या खलस्ले हरेक बर्ष समय्द्वा प्रदर्शन गरी सबै आवद्ध व्यक्तिहरु, खलस्हरु र समिति संग समन्वय गरी जात्रा पर्वलाई निरन्तरता दिंदै आइरहेको छ ।

हामी भित्र अनेकता छ भने त्यसभित्र एकताको सुत्रपनि रहेको हुन्छ, त्यसलाई पहिचान गरी एउटा छत्रभित्र ल्याउन आवश्क छ । यस मन्दिरको दैनिक पूजापाठ मूलपुरोहित गुरुज्यूबाट भइ आएको छ । श्रद्धालु भक्तजनहरुलाई विहानदेखि सााझसम्म दर्शनको लागि खुल्ला रहन्छ । देवदेवीहरुको रेखदेखमा पास्लास् पूजारीहरुले गरिंदै आएको छ । धार्मिक भजन दैनिक प्रातस्कालमा म्हय्पी भजन खलस्द्वारा संचालित छ । हामीले आस्था राखेका प्रायस् देवदेवीहरु यसै मन्दिरभित्र दर्शन गर्न सकिन्छ । म्हय्पी मन्दिरको ठिक पूर्वपट्टि आकर्षक अक्ष्योभ्य तथागत बुद्धको मुर्ति शान्तिकर ध्यानागार आश्रमभित्र रहेको छ यस म्हय्पि क्षेत्रको सर्वा·िक विकास गर्न म्हय्पि संरक्षण तथा व्यवस्थापन समिति सक्रियता साथ गुरुयोजना अनुसार संरक्षण, निर्माण, सुधार र नियमित अनुगमन कार्य भैरहेको स्वागतयोग्य छ ।

उपसंहार

विहानीको समयमा रमाइलो बातावरण दर्शनीय छ, यहाा उमेर पाको भइसकेका बा आमाहरु र सबै उमेरका युवायुवतीहरु स्वास्थ्य लाभ गर्न विहानीको स्वच्छ हावामा शारिरीक विकासको व्यायाम गरीरहेको देख्दा मनै रमाइलो हुन्छ । हरेक दिन योगाभ्यास हुने आकर्षण योगध्यान केन्द्रमा दिनहुा मानिसहरु देख्न सकिन्छ । काठमाडौं उपत्यका भित्र जंगलले ढाकेर रहेको मन्दिरहरु मध्ये म्हय्पी मन्दिर अब्बलमा आउाछ । सडक लेभलबाट करिब १५० फिट उाचाइमा रहेको, स्वयम्भु पछि दोश्रो मानिने यस स्थानमा पुग्न पूर्व र पश्चिमबाट माथि पुग्न प्रस्तर ढुंगाको सिंढी राखिएको छ । माथि उाचाइबाट चारैतिर मनोरम दृश्य हेर्न धार्मिक पर्यटकहरुको भिड देख्न सकिन्छ । यहाा रहेको जंगलमा पुराना रुखहरुले वृद्धावस्था देखाइरहेको छ भने वनस्पति जडीबुटी पनि रहेकोले संरक्षण, अनुसन्धान र अध्ययनबाछट जैविक विविधताको स्थलको रुपमा विकास गर्न सकिन्छ, यसमा सबैले ध्यान दिनु आवश्यक देखिन्छ । यसरी यहाा धार्मिक पर्यटक बृद्धि गर्न, चराचुरुङ्गी तथा वनस्पति अध्ययन गर्न, भौगोलिक बनावटको अध्ययन गर्न र पुरातात्विक महत्वका विषय अवलोकन, अनुसन्धान र अध्ययन गर्न वृहत रुपमा विकास गर्न अत्यावश्यक भइसकेको छ, ’अबगकभ ठमेल पर्यटकीय क्षेत्रबाट बीस मिनेट हिंडाइमा पुग्न सकिने र त्यस्तै राष्ट्रिय स्तरको नयाा बसपार्क पनि संगै रहेकोले पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै लान सकिने प्रचुर सम्भावना छ । हामीले प्रण गरौं १ आगामी दिनमा नेतृत्वदायिको जिम्मेवार भूमिका खेलेर यसलाई क्षेत्रीय सम्पदाबाट उठाई राष्ट्रको सम्पदा बन्ने छ र अझ उठेर अन्तराष्ट्रिय स्तरको सम्पदा बन्ने कुरामा आशावादी छु ।
(म्ह्यपिं अजिमा ओराजि बाट साभार )

Categorized in विचार