STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युवा संघको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौँ - नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् ।

सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियार लगायतका प्लोकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् । 

Categorized in राजनीति