युवा बौद्ध समूहको अध्यक्षमा तुलाधर
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार
युवा बौद्ध समूह, काठमाडौंको शनिबार सम्पन्न वार्षिक साधारण सभाले मदन बहादुर तुलाधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा र्निमला कंसाकार र राजु शाक्य रहनुभएको छ भने सचिवमा रजनी ताम्राकार, कोषाध्यक्षमा कल्पना देवी तुलाधर र सहसचिवमा नानीशोभा मानन्धर रहनुभएको छ । त्यसैगरी, सात सदस्यमा युरिकाजी कंसाकार, ठूलो राजा शाक्य, अकिलशोभा ताम्राकार, विजयरत्न तुलाधर, रत्ना शाक्य, राजा शाक्य र धर्मशील शाक्य चुनिनुभएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं समूहका सल्लाहकार डा केशवमान शाक्यले विगतमा धर्मनिरपेक्षताको मुद्दा अघि सारेर जनजातिहरुमाझ बुद्ध धर्म फैलाउने अभियानमा समूहले उदाहरणीय काम गर्न सकेको स्मरण गराउनुभयो । आउँदा दिन पनि उत्पीडित र पिछडिएका वर्गलाई संगठित बनाएर समावेशिताको मुद्दामा काम गर्न उहाँले समूहलाई सुझाव दिनुभयो ।
विसं २०३९ सालमा स्थापित यो समूहले पञ्चशील अभियान र आदिवासी जनजातिहरुका लागि बौद्ध जागरण शिविर सञ्चालन गरी बुद्ध धर्म र दर्शनलाई जनस्तरसम्म फैलाउने काम गर्दैआएको छ ।
Categorized in राष्ट्रिय


