STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप : प्रि–क्वाटरफाइनल समीकरण पूरा, इंग्ल्यान्ड र युक्रेन विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १६, बुधबार

काठमाडौं - युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ । शुक्रबार राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड–स्पेन शुक्रबार राति १२ बजेर ४५ मिनेटमा बेल्जियम–इटाली शनिबार राति ९ बजेर ४५ मिनेट चेक रिपब्लिक–डेनमार्क शनिबार राति १२ बजेर ४५ मिनेटदेखि युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ ।

स्विडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक/एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए ।

खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक/एकको बराबरीमा पुर्याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

इंगल्यान्ड क्वाटरफाइनलमा, जर्मनी बाहिरियो

यसैगरी युरोकप २०२० अन्तर्गत इंगल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलअन्तरले पराजित गर्दै इंगल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । इंगल्यान्डका रहिम स्टर्लिङ र ह्यारी केनले एक/एक गोल गर्दै टिमलाई २-० को जित दिलाएका हुन् ।

युरोकप २०२० : इंगल्यान्ड क्वाटरफाइनलमा, जर्मनी बाहिरियो

इंगल्यान्डका स्टर्लिङको गोलसँगै खेलको ७५औँ मिनेटमा इंगल्यान्डले अग्रता बनाएको थियो । ८६औँ मिनेटमा इंगल्यान्डका केनले गोल गरेसँगै खेल २-० को नतिजामा सकिएको हो ।

जितसँगै इंगल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ भने हार व्यहोरेको जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ ।

Categorized in खेलकुद