relans
ni new 83
nib 2082 5

याेमरि पुन्हि र ज्यापु दिवस मनाउँदै

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ४, आइतबार

काठमाडौं -आज १८ औं ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्। र्‍यालीमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य पनि सहभागी भए।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बुधबार धुमधामका साथ यःमरी पुन्हि पर्व मनाइरहेका छन्। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेपालभाषामा यःमरी भनिन्छ।

सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हिको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।

आज सोही पर्वको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ।

Categorized in उपत्यका
ppp 2