RBB ADV Header
janswastha 11 11 78
STC 810x100 adv

याकःमिसा र बुंगद्यः प्रतिमूर्ति गुठी संस्थानलाई दिनु अनुचित : दैवज्ञ ज्योतिष कीर्तिमदन जोशी

Janjati Khabar – ललेन्द्र शाक्य | २०८० जेठ २, मंगलबार

३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेशको आशंका, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन सूत्रधार भएको चर्चा

“सकेसम्म नबोलुँ भनेर बसेको, सकिन“ । नाला, च्वबाहाः, बुंगः र जनबहाः बाहेक अन्य थप मूर्तिहरु उपत्यकामा स्थापना गर्न नमिल्ने भन्ने आधार प्रमाणहरु के के हुन् ? सो पनि थाहा पाउन पाए हुन्थ्यो । अनि भक्तपुर र थिमिमा भएका मच्छिन्द्रनाथहरुलाई के गर्ने ? पहिले स्थापित ठाउँबाट हटाएर कीर्तिपुर नगरपालिकाको जिम्मा भइसकेपछि थप चर्चा गरी गुठी संस्थानलाई दिने भन्नु अनुचित । कारण धेरै छन् ।”

यो विचार हो, बुंगद्यः र याकःमिसा प्रतिमूर्ति विवादमा बुंगद्यः ज्योतिष परिवारका सदस्य तथा दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीको ।

राष्ट्र र जनताकै सम्माननीय दैवज्ञ ज्योतिष, उहाँ मच्छिन्द्रनाथ बुंगद्यः ज्योतिष परिवारका सदस्य पनि हुनुहुन्छ  कीर्तिमदन जोशी । उहाँले आफ्नो फेसबुकमार्फत माथि उल्लेखित विचार पोख्नु भएको थियो । बुंगद्यः जात्रासंग सम्बन्धित विशिष्ट ज्योतिष सहमत हुनुहुन्छ भने पानेजुहरु किन असहमत ? पानेजुहरुले भन्नुभए बमोजिम नै प्यंगःथां बाट कीर्तिपुर नगरपालिकाको रोहबरमा र जनसहभातिमा याकःमिसा र बुंगद्यःको प्रतिमूर्ति हटाई नगरपालिका कार्यालयको कोठामा राखिसकेको अवस्था छ । जेष्ठ ५ गते पानेजुद्वारा कीर्तिपुरको प्यंगःथां सवारी भई याकःमिसालाई फूल प्रसाद चढाउन आउने दिन नजिकै आइसकेको छ, यो परिस्थितिको सँघारमा ३२ पानेजु संघले फेरि ती प्रतिमूर्ति कीर्तिपुर नगरपालिकाबाट गुठी संस्थानको बन्द कोठा नपु¥याएसम्म फूल प्रसाद चढाउन नआउने अलोक प्रिय निर्णय गरियो ।

यहाँ प्रश्न उठ्छ, करिब १७ सय वर्ष पुरानो ऐतिहासिक परम्परा कीर्तिपुरेले जोगाउने हो कि पानेजुहरुले ? पानेजुले भने जस्तै कीर्तिपुरेले प्यंगःथां बाट प्रतिमूर्ति हटाइयो, त्यो पनि परम्परा जोगाउनका लागि । अब पानेजुहरुले प्रतिमूर्ति गुठी संस्थानको बन्द कोठा नलगे सम्म फूल प्रसाद चढाउन आउँदिनौ भन्नुको तात्पर्य के रह्यो त ? परम्परा नष्ट गर्ने कार्य पानेजुहरुबाटै हुँदैछ भन्ने स्पष्ट धारणा यही हो, सबैले बुझ्नुपर्ने तथ्य यही हो । प्रति मूर्ति गुठी संस्थानलाई किन दिने ? चोरी भएको मूर्ति हो र ? कतै भेटिएको मूर्ति हो र ? गुथि संस्थानको बन्द कोठामा राख्न । यी मूर्ति त कीर्तिपुरेको सम्पत्तिसरह लिनु पर्दछ र मूर्ति कीर्तिपुरमैं रहन्छ  तर प्यंगःथांमा होइन, कीर्तिपुर नगरको म्युजियममा । बास्तवमा भन्नुपर्दा, ती मूर्तिहरु अहिलेसम्म देवी र देवताको रुपमा स्थापित भइसकेको छैन, किनकि ती प्रतिमूर्तिमा प्राण प्रतिष्ठा गरिएको छैन । त्यसैले ती प्रतिमूर्तिहरु भगवानको रुपमा हैन, केवल मूर्तिको रुपमा मात्र रहेको अवस्था छ । त्यसैले गुठी संस्थानको बन्द कोठामा किन राख्ने ती मूर्तिहरु ?

भन्नै पर्दा, पानेजुहरुले मात्र प्यंगःथांबाट बुंगद्यःको प्रतिमूर्ति हटाई कीर्तिपुरमैं अन्यत्र राखे पनि हुन्छ भनेका थिए, सम्माननीय पानेजुहरुको अनुरोधलाई नै शिरोपर गरी कीर्तिपुरेहरुले प्यंगःथांबाट ती प्रतिमूर्ति हटाइएकोे हो । पानेजुहरुले गुठी संस्थानको बन्द कोठामा राख्नु पर्छ भन्ने तर्क पहिले भनेका थिएनन्, मात्र प्यंगःथांबाट हटाउनु पर्छ भनेका थिए ।

अब आएर पानेजुहरुले मूर्ति गुठी संस्थानको बन्द कोठामा नराखेसम्म फूल प्रसाद चढाउन आउँदिनौं भन्ने कथन बास्तवमा भन्ने हो भने पानेजुहरुको आवाज हुँदै होइन, कसैको आवाज नक्कल गरिरहेका छन् पानेजुहरुले ।

भन्नैपर्दा, यो आवाज ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हो । चैत्र १४ गते ललितपुर महानगरपालिकाको बैठकमा मेयर महर्जनले प्यंगःथांको मूर्ति हटाई गुठी संस्थानको बन्द कोठामा अभिलेखसहित राख्नुपर्छ भन्नु भएको थियो । ठ्याक्कै मेयर चिरिबाबु महर्जनको भनाई फोटोकपी मात्र हो हाल पानेजुहरुले बोलिरहनु भएको बोली ।

पानेजुहरुको यो बोलीबाट स्पष्ट हुन्छ कि ३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेश भइसकेको अवस्था छ, उक्त राजनीतिक तुँवालोका सूत्र धार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन हुन् भन्ने संकेततिर । पानेजुहरुले मेयर महर्जनको बोलीको अनुशरण किन गरियो त भन्ने विषयको कारण सुखी गःछेँ समाजले ललितपुरमा मूर्ति लिनजाने समयमा चिरिबाबु महर्जनलाई सहभागी गराइएन, काठमाडौं महानगरका मेयर बालेन साहलाई सहभागी गराइयो । यो कार्यबाट आफ्नो अपमान भएको महसुस मेयर महर्जनले गरिरहनु भएको छ भन्ने कुरा कीर्तिपुरमा गाइँगुइँ सुनिन थालेको छ । यो सत्य नहुन पनि सक्छ ।। यसैको बदला हो यो पानेजुहरुको बोली, गुठी संस्थानको बन्द कोठामा ती मूर्ति नराखेसम्म  फूल प्रसाद चढाउन आउँदिनौ भन्ने पक्षको तात्पर्य । यदि साँच्चिकै बदला भावना हो भने त्यागौं । महामानव गौतम बुद्ध हृदयभित्र समाहित गरौं । कीर्तिपुर र ललितपुरको सदियौंदेखि रहदै आएको अगाढ सम्बन्धलाई सौहार्दरुपमा निरन्तरता दिऔं ।

त्यो बेला मूर्ति लिनआउने कीर्तिपुरेलाई मेयर चिरिबाबुकै कार्यालयबाट समेबजि खुवाउने विषयमा ललितपुरकै जनप्रतिनिधि नरसिंह महर्जनले एक अन्तर्वार्तामा भनेका छन् । 

मेयर महर्जनलाई थाहा थियो, तर चैत्र १४ को बैठकमा केही थाहा नभएको तर्क राख्नुभो । बालेनलाई आफ्नो शिष्य भने, शिष्यले जानकारी नगराएको भने । मात्र गःछेँ सुखी समाजप्रतिको बदला जस्तै देखियो मेयर महर्जनको, बुझौं सम्मानीय पानेजुहरु, दबाबमा नपरौं । जुन दबाबबाट १६७९ वर्ष पुरानो ऐतिहासिक जीवन्त परम्पराको अन्त्य नहोस् । यदि जुन परम्परा तुहियो भने यसको दोषको भागीदार गःछेँ सुखी समाज र पानेजुहरु हुनेमा दुईमत देखिन्नँ ।

Categorized in उपत्यका
Newa Online Adv