STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यमनमा चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १७, आइतबार

यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो । “लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,” हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह टेलिभिजनसँगको कुराकानीमा हुथी सैन्य प्रवक्ता यह्या सरेयले भन्नुभयो । हुथी विद्रोहीको दाबीका बारेमा सुडानी सरकार तथा गठनबन्धनको तर्फबाट भने कुनै जानकारी दिइएको छैन । सुडानले साउदी गठबन्धनलाई सहयोग गर्न सन २०१५ देखि यमनमा सैनिक पठाएको छ । यस युद्धका क्रममा दशौँ हजार नागरिक मारिएका छन् भने दुई करोडभन्दा धेरै यमनी भोकमरीमा परेको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले सन् २०१८ मा युद्धरत पक्षहरुबीच स्टकहोममा भएको शान्ति सम्झौता कार्यान्वयन गर्न साउदी सरकार र हुथी विद्रोहीबीच निरन्तर सम्पर्क स्थापित गर्न प्रयास भइरहेको जानकारी दिनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय