STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्यूजिक खबरको ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन ३०, मंगलबार

गीतसंगीतको विविध पक्ष समेटेर प्रकाशित भइरहेको म्यूजिक खबर पाक्षिक पत्रिकाले आफ्नो ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति एवम् बरिष्ट संगीतकार शम्भुजित बास्कोटा प्रमूख अतिथी रहनु भएको थियो  ।

सो समारोहमा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरिएको थियो । समारोहमा गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायकको सम्मान, गायिका शान्तिश्री परियारले उत्कृष्ट वर्ष गायिकाको सम्मान र लोकप्रिय सङ्गीतकार दिपक शर्मालाई वर्ष संगीतकार सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री बले, एरेन्जर नरेन्द्र वियोगीलाई म्यूजिक खबर कला सम्मान, पत्रकार निराजन भण्डारीलाई पत्रकारिता सम्मान, इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका संचालक शम्भू श्रेष्ठलाई व्यबसायी सम्मान प्रदान गरियो । साहित्य सम्मानबाट साहित्यकार अनु शाह, युवा पत्रकारिता सम्मानबाट रश्मी थापा र जीना कार्की सम्मानित भए ।

संगीत सम्मानबाट संगीतकार सुभाष प्रधान, गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार सम्मानित भए । मोडल सम्मानबाट मोडल अनिता गिरी, व्यबसायी सम्मानबाट सीबी माउन्ट फ्रेमिङका संचालक च्याङ्बा लामा सम्मानित भए ।

त्यसैगरी म्यूजिक खबरलाई सहयोग गर्ने नेपाल हाउसका प्रबन्ध निर्देशक टिका गौतम, कोरियोग्राफर सरोज बोलखे, फोटोग्राफर देवराज आचार्य, लक्ष्मीगणेश अफसेट प्रेसलाई कदरपत्रद्वारा सम्मान गरियो ।

सम्मानित ब्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष बरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा बरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सबिता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै म्यूजिक खबरका अध्यक्ष सुमन बैरागीतले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरुको माया र सद्भावले म्यूजिक खबरले ७ वर्ष लामो यात्रा तय गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए । 

सम्मानित व्यक्तित्वहरुको प्रतिनिधित्व गर्दै विशिष्ट सङ्गीतकार शक्ति बल्लभले छापा मिडियामा म्यूजिक खबरले सातौं वर्ष निरन्तरता दिन सक्नु सिंगो कला क्षेत्रकै लागि खुशीको विषय हो भने । 

म्यूजिक खबर पत्रिकाकी सम्पादक तथा प्रकाशक सबिता पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले म्यूजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरेका थिए ।

Categorized in साहित्य-कला