STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्युजिक भिडियो निर्देशक समाजको साधरण सभा एवं वनभोज सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २९, मंगलबार

नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो वार्षिक साधारण सभा एवं वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  शनिबार टोखा नगरपालिका स्थित भुतखेल सामुदायिक बनमा साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुले साधारण सभाको अध्यक्षता गरेकी थिइन् भने समाजकै प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

रिलिजको संघारमा रहेका चलचित्रहरु द्रोपदी र लाज शरणम्का कलाकारहरु समेत उपस्थित रहेको सो समारोहमा लाज शरणम्का टिमको उपस्थिती ले कार्यक्रमको रौनक बढाएको थियो ।

यस्तै संगीतकार नीर प्रसाद गुरुङ मोडल सन्जिता शाही हाँस्यकलाकार कलाकार सुन्दर खनाल, थाली नृत्यागंना एलिजिबा पुर्जा पुन, गायिका सन्जु न्यौपाने, शुशिला थापा, कलाकार रेजिना श्रेष्ठ लगायत म्यूजिक भिडियोका विविध विधाका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यसैगरि बिनोद बम, पुजा ठकुरी लगायत थुप्रै म्यूजिक भिडियो निर्देशहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सानुकाजी श्रेष्ठ, सुमन बैरागी पण्डित, गीता अधिकारी लगायत कलाक्षेत्रमा आवद्ध पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

वनभोज कार्यक्रममा कलाकारले आ–आफ्नो सांगीतिक प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका भने विविध मनोरञ्जनपूर्ण खेल समेत खेलाइएको थियो ।

कार्यक्रममा अतिथीहरुलाई मायाको चिनो र सम्मान समेत गरिएको थियो ।

Categorized in साहित्य-कला