STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्युजिक भिडियो क्षेत्रमा शतक संख्याको नजिक सुरेन्द्र मानन्धर

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ३, बिहिबार

हास्यव्यङ्ग प्रस्तुतिका लागि लोकप्रिय सुरेन्द्र मानन्धर नेपालभाषाको  मनोरन्जनात्मक क्षेत्रमा चर्चित कलाकर्मि हुन् । विशेष गरी " समयबजि ” सिरियलका कारण लोकप्रिय मानन्धर  नाटक र प्रहसन जगतमा बेग्लै छाप छोडेका मानन्धर गायन , गीत लेखनका साथसाथै म्युजिक भिडियो निर्देशनमा पनि ख्यातिप्राप्त नाम हो । उनको निर्देशनमा करिब सय वटा म्युजिक भिडियो प्रकाशमा आइसकेको छ भने  " आः जि छु याये यःमा ” , अब म के गरुँ आमा बोलको नयाँ म्युजिक भिडियो बुधबार श्रीपन्चमिका दिन प्रिमियर गरिएको छ । 

 

गायक प्रबिनचन्द्र बज्राचार्यको स्वर रहेको यो गीत मानन्धर स्वयंले लेखेका हुन् । दिपेश सिंह र अाकाश महर्जनं संगीतकार रहेको यो गीतको लागि दिपेश सिंह स्वयंले म्युजिक अरेन्ज गरेका हुन् । यो म्युजिक भिडियोमा,  सुरेन्द्र मानन्धर रबिता बके श्रेष्ठ,सरस्वति मानन्धर,ध्रुब कपालि,सुरेश मानन्धर  को साथमा गायक प्रबिन चन्द्र बज्राचार्य र संगीतकार दिपेश सिंह लगायतको अभिनय रहेको छ ।

निर्देशक सुरेन्द्र मानन्धरका अन्य प्रस्तुतिहरु जस्तै कमेडी जनरामा प्रस्तुत यो भिडियो सन्देशमुलक छ । यसमा विवाह जस्तो महत्वपुर्ण कार्य गर्न राम्ररी सोचविचार गर्नु पर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

 यो भिडियो सार्वजनिक गरिएको कार्यक्रममा वरिष्ठ गायक जुजुकाजि रन्जित प्रमूख अतिथी का रुपमा उपस्थित रहेका थिए भने नेवाः टिभिका प्रमूख नबिन जोशी , सन्चारकर्मि दर्शनवीर शाक्य र अग्रज सिने पत्रकार विजयरत्न असंबरे विशेष अतिथी का रुपमा उपस्थित रहेका थिए ।

Categorized in साहित्य-कला