STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्यादी प्रहरीको बिदाइ

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ९, शुक्रबार

काठमाडाैं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

 “जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई बिहीबार सोही कार्यालयबाट बिदाइ गरियो”, उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् । निर्वाचन सुरक्षाका लागि सरकारले गत असोजमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो । सेवाको अवधिमा म्यादी प्रहरीले पाउने सेवासुविधा तथा पारिश्रमिक उनीहरूको बैंक खातामा जम्मा गरिदिने प्रहरीले जनाएको छ ।

Categorized in राष्ट्रिय