STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मौसममा बदली, वर्षाको सम्भावना

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

मुलुकभरको मौसममा सामान्यदेखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Categorized in राष्ट्रिय