STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेस्सी बने कोपा अमेरिका २०२१ को सर्वाधिक गोलकर्ता

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार

अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् ।

मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गर्न सफल भए । उनले ५ असिस्ट समेत गरेका थिए । तर, डियाजले ५ खेलमा ४ गोल गरेपनि असिस्ट दिएका थिएनन् ।

अर्जेन्टिनालाई २८ वर्षपछि आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १–० ले हराउँदै उपाधि जितेको छ । जुन ३४ वर्षीय मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए ।

Categorized in खेलकुद