STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेस्सीले ताेडे पेलेकाे रेकर्ड

Janjati Khabar – एजेन्सी | २०७७ पौष ८, बुधबार

बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् ।

मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । 

मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गर्ने क्रममा ६५ औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमान भंग गरेका हुन् । 

पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका थिए । मेस्सीले अघिल्लो खेलमा पेलेको कीर्तिमानको बराबरी गरेका थिए । 

मेस्सीले सन् २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका थिए । ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि १० पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

गएराति बार्सिलोनालाई जीत दिलाउने क्रममा २१ औं मिनेटमा क्लेमेन्ट लेङ्गलेट तथा ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेका थिए ।

जितपछि बार्सिलोना १४ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । रेलिगेशन जोनमा रहेको रियल भालाडोलिडको १५ खेलबाट १४ अंक छ ।

Categorized in खेलकुद