STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेस्सीको पिएसजीबाट नयाँ यात्रा

Janjati Khabar – एजेन्सी | २०७८ श्रावण २७, बुधबार

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गरेका छन्।

मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे ।

झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए ।

मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

Categorized in खेलकुद