STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेयर शाक्यले गरे शहीदहरूको योगदानको चर्चा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ १३, मंगलबार

शहिद सप्ताह अारम्भ भएको अवसरमा  शनिवार काठमाडौंको टेकु मचलीस्थित शहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आर्य समाजद्वारा अायोजित श्रद्धाञ्जली सभामा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुने बताएका छन् । प्रमुख शाक्यले  पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको हो भनि भन्नु भएको छ ।

यस बर्ष शहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

सो अवसरसमा आर्य समाजका सचिव कृष्णप्रसाद आर्यले शहिदहरुले त्यो प्रतिकुल समयमा पनि खरो बोल्ने हिम्मत गरेकै कारण आज हरेक जनताले नागरिक अधिकार प्रयोग गर्न पाएका बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो ।

शहिद शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । धार्मिक गतिबिधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरे । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

Categorized in उपत्यका